2026-07-11 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ताप्लेजुङमा योगेश भट्टराईलाई कालो झण्डा

मङ्सिर १०, काठमाडौँ | पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरे।

उनीहरुले कोशी प्रदेश नामाङ्कनमा हस्ताक्षर गरेको भन्दै प्रदेशसभाका सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी गरेका छन्।


गत जेठ २६ गते प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरहरुको आरोप छ। उनीहरुले त्यस्तो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।

भट्टराईले केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीका अध्यक्ष सहितका नेताहरु माथि आक्रमण हुन थालेकोले आक्रमण रोक्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गर्न खोजेको र पहिचान पक्षधरहरुलाई आघात पुग्ने कुनैपनि मनशाय नरहेको प्रष्ट पारेका थिए।

दसैँ, तिहार, छठ, चासोक तङ्नाम, उँधौली उभौंली, ल्होसार सहितका पर्वको अवसरमा भन्दै ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको संयोजनमा एमाले ताप्लेजुङले आइतबार (आज) चियापान कार्यक्रमको आयोजना गरेको छ।

भट्टराई र मेन्याङ्वो सहित प्रतिनिधिसभाका सांसद उर्मिला थेवेको संयोजनमा चियापान कार्यक्रम हुन लागेको हो। पहिचान पक्षधरहरुले कहिदिन अघि मात्र पत्रकार सम्मेलन आयोजना गरी आफ्ना सङ्घर्षका कार्यक्रम यथावत् रहेको जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट