2026-07-26 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाहका लागि प्रेमीसँगै नेपाल आइपुगिन् बलिउड अभिनेत्री प्रजक्ता कोली

मङ्सिर १०, काठमाडौँ |  बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाहका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरुले चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह समारोह आयोजना गरेको बुझिएको छ ।

प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी पहिरिएको तस्वीर पोस्ट गर्दै त्यस्तो चिसो नभएको बताएकी थिइन् । केही दिनअघि मुम्बईबाट नेपाल आइपुगेका यी दुईले पारिवारिक समारोहमा विवाह गर्न लागेका हुन् ।

१२ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरुले सामाजिक सञ्जालबाट इन्गेजमेन्ट घोषणा गरेका थिए । घर नेपाल भए पनि उनीहरु पछिल्लो समय अमेरिकामा रहँदै आएका थिए । मुम्बईमा रहँदा आफूहरु प्रेम सम्बन्धमा रहेको उनीहरुले जनाएका थिए ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म नेपालमा समेत राम्रै चलेको थियो । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल