१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकपमा भारतको पराजयको खुसी मनाएको आरोपमा सात कश्मीरी विद्यार्थी पक्राउ

१२ मंसिर २०८०, मंगलवार ०६:५५

मङ्सिर १२, काठमाडौँ | एकदिवसीय विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै कश्मीरको कृषि विश्वविद्यालयका सात विद्यार्थी पक्राउ परेका छन् । यी विद्यार्थीहरू विरुद्ध यूएपीए अर्थात् गैरकानुनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। 

इन्डियन एक्सप्रेसको समाचार अनुसार विश्वविद्यालयकै एक विद्यार्थीको उजुरीमा यो मुद्दा दर्ता गरिएको हो । अस्ट्रेलियाली टोलीले क्रिकेट विश्वकपको फाइनल जित्दा यी कश्मीरी विद्यार्थीहरूले पाकिस्तानको समर्थनमा नारा लगाएको र उजुरी गर्ने विद्यार्थीलाई धम्की दिएको आरोप छ। 


विश्वविद्यालयका विद्यार्थी कल्याणका डीन डा मोहम्मद अबुबकर अहमद सिद्दीकीले इन्डियन एक्सप्रेस पत्रिकालाई विद्यार्थीहरूलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी भन्छन्, ‘यस घटनामा सात विद्यार्थी पक्राउ परेका छन् । मसँग यस केसको बारेमा पछिल्लो जानकारी छैन। विद्यार्थीले हामीसँग गुनासो गरेनन् ।’

गत नोभेम्बर १९ मा भारतले खेल हारेपछि स्नातक तहका विद्यार्थीहरूबिच होस्टेलमा विवाद भएको विश्वविद्यालयसँग सम्बन्धित एक अधिकारीले बताए । उक्त छात्रावासमा ३ सय विद्यार्थी बस्ने ती अधिकारीले जानकारी दिए । जसमध्ये ३०/४० विद्यार्थी पञ्जाब, राजस्थान र अन्य राज्यका छन्। नोभेम्बर १९ को राति यी विद्यार्थीबिच झडप भएको थियो ।

अधिकारीहरूका अनुसार अन्य राज्यबाट आएका विद्यार्थीहरूले भारतको हारपछि कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको र बाहिरबाट आएका विद्यार्थीहरूलाई उत्पीडन गरेको आरोप लगाएका छन्। यस विश्वविद्यालयका अधिकारी भन्छन्, ‘विद्यार्थीहरूले वार्डन वा विश्वविद्यालय प्रशासनमा गुनासो नगर्नु दुर्भाग्यपूर्ण छ। यी विद्यार्थीहरू सिधै प्रहरीमा गए । ती विद्यार्थीहरूले प्रमाण दिए वा दिएनन् भन्ने प्रहरीलाई नै थाहा होला ।’

इन्डियन एक्सप्रेसको समाचार अनुसार यो उजुरी एक २० वर्षीय विद्यार्थीले दायर गरेको हो । त्यसपछि प्रहरीले यूएपीए, आईपीसी धारा ५०५ र ५०६ अन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो।

गुनासो गर्ने विद्यार्थीले आफ्नो उजुरीमा लेखेका छन्, ‘खेलपछि सात विद्यार्थी आएर मलाई गाली गर्न थाले । त्यसपछि उनीहरूले मलाई निशाना बनाउन थाले किनभने म मेरो देशको समर्थक हुँ।’ यी कश्मीरी विद्यार्थीले गोली हानेर धम्की समेत दिएको विद्यार्थीको दाबी छ । उजुरीमा कश्मीरी विद्यार्थीहरूले पाकिस्तानको समर्थनमा नारा लगाएको पनि दाबी गरिएको छ ।

विश्वविद्यालयका अधिकारीहरूले छात्रावासमा प्रहरी आएर वार्डनलाई सात विद्यार्थीलाई प्रहरीसमक्ष बुझाउन आग्रह गरेको बताए । उनीहरू भन्छन्, ‘यी विद्यार्थीहरू अहिले गन्दरबल प्रहरी चौकीमा छन् । युनिभर्सिटी प्रहरीसँग सम्पर्कमा रहेको छ र यस विषयमा समाधानको प्रयास गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार