2026-07-26 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणदीप र लिनले मणिपुरी विधिअनुसार कसे लगनगाँठो

मङ्सिर १४, काठमाडौँ | बलिउड अभिनेता रणदीप हुड्डा र अभिनेत्री लिन लैशरामले बुधबार भारतको पूर्वोत्तर राज्य मणिपुरमा परम्परागत विधिअनुसार विवाह गरेका छन् । उनीहरुले त्यहाँको इम्फालमा आयोजित विहे समारोहमा अग्निलाई साक्षी राखेर सात फेरो लिए ।

वरवधुले आफ्नो विशेष दिनको लागि परम्परागत मणिपुरी विवाहको पोशाक छनोट गरे । विवाहको समयमा रणदीपले मणिपुरको विशेष पगडी र सेतो रंगको धोती–कुर्ता लगाएका थिए ।

दुलही लिन लैसरामले बाँस र बाक्लो कपडाबाट बनेको बेलुनाकार स्कर्ट लगाएकी थिइन् । लिन रणदीपभन्दा १० वर्ष कान्छी छिन्, उनी मणिपुरकी चर्चित मोडल हुन् र बलिउड अभिनेत्री पनि हुन् ।

विवाहको विशेष दिनमा सेतो र गुलाबी रङको साडीमा दुलही लिन मणिपुरी पोशाकमा निकै सुन्दर देखिएकी थिइन् । सुनका गहनामा उनी आकर्षक देखिएकी थिइन् । 

यो जोडीले ४ वर्षदेखि एकअर्कालाई डेट गर्दै थियो । रणदीपले आफ्नो पहिलो भेट नसिरुद्दीन शाहको थिएटर ग्रुप ‘मोटली’ को समयमा भएको बताए । त्यतिबेला रणदीप उनका सिनियर थिए । उनले भने, ‘हामी दुवै लामो समयदेखि साथी हौँ । हामीले थिएटरको समयमा भेट्यौं । हाम्रो मित्रता धेरै गहिरो थियो त्यसैले अब हामी यो मित्रतालाई विवाहमा परिणत गर्न चाहन्छौं ।’

रणदीप र लिनले इम्फालको शन्नापुङ रिसोर्टमा विवाह गरेका हुन् । विवाहमा दुबैका परिवार र आफन्तको उपस्थिति थियो । लामो समयसम्म उनीहरुले सम्बन्धलाई लुकाएर राखेका थिए ।

केही दिनअघि मात्रै दुवैले एक संयुक्त वक्तव्यमा आफ्नो सम्बन्धलाई अफिसियल गरेका हुन् । रणदीप र लिनले मुम्बईमा भव्य रिसेप्शन आयोजना गर्ने छन्, जसमा बलिउड सेलिब्रेटीहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ