२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र रायमाझीलाई छाड्ने/नछाड्ने आदेश भोलि

२०८०, १४ मंसिर बिहीबार ११:४६

मङ्सिर १४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले शुक्रबार आदेश सुनाउने भएको छ।

मंसिर ५ गतेदेखि जारी ७३ नम्बर निवेदनको सुनुवाइ सकेर शुक्रबार आदेश सुनाउने तयारी उच्च अदालतले गरेको हो।

उच्च अदालत स्रोतले भन्यो, ‘आज करिब बहस सकिएको छ। भोलि आदेश सुनाउने गरी तयारी गरेका छौँ।’


पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध परेको निवेदनहरुमाथि एकमुष्ट रुपमा उच्च अदालतमा न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनवाइ भइरहेको छ। उच्चका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार निवेदनहरुमाथिको सुनुवाइ बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको भन्दै सरकारले संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा कसुरमा २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

जेठ १० गते दायर मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमडौँले असार १ गते पक्राउ परेका १८ जना प्रतिवादीमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँडलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला अदालतले गुरुङसँग १० लाख रुपैयाँ र महर्जनसँग ५ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाएर त्यहीँ दिन थुनामुक्त भएका थिए। उनीहरुले पनि आफूहरुसँग लिएको धरौटी बढी भएको भन्दै निवेदन दिएका छन् भने पुर्पक्षका लागि थुनामा रहेका अरु प्रतिवादीहरुले साधरण तारिखमा मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो