२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

२ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बन्यो एनिमल

१७ मंसिर २०८०, आईतवार ०६:३८

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । 

तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले त्यो रेकर्ड पनि बनायो । 

फिल्म रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ बनेर आयो । फिल्मले रणवीरलाई सुपरस्टारको ट्याग त लगाइदिएको छ नै यो उनको करियरको सबैभन्दा ठुलो फिल्म बन्ने बाटोमा पनि छ ।

फिल्मले क्रिटिक्सहरुबाट मिश्रित प्रतिक्रिया पाइरहेको भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबारदेखि एड्भान्स बूकिङ कम भए पनि शनिबार फिल्मले शानदार कमाइ गरेको देखिन्छ । 

स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो दिन अर्थात् शनिबार फिल्मले ६६ करोड भारु कलेक्सन गरेको छ । शुक्रबार र शनिबार गरेर फिल्मले १ अर्ब भारु भन्दा धेरै कमाएको छ । दुई दिनमा फिल्मको कमाई १ अर्ब ३० करोड भारु छ ।

यो फिल्मको धमाकेदार सफलतासँगै रणवीर एलिट लिस्टका हिस्सा बनेका छन् । शाहरुख खानको पठान र जवान, सलमान खानको टाइगर ३, यशको केजीएफ २ मात्रै अहिलेसम्म २ दिनमा १ अर्ब भारु कलेक्सन गर्ने फिल्म हुन् । रणवीरको एनिमलले २ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बनेको छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आइतार पनि यसले लोभलाग्दो कमाई गर्ने अनुमान लगाउन सकिन्छ । आगामी दिनमा एनिमलले के कस्तो रेकर्ड बनाउँछ अनि तोड्छ यो चाहिँ हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य