2026-07-11 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा फुट्ने? तोसिमा कार्की भन्छिन्– हामी त्यसो हुन दिँदैनौँ

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने पनि बताएकी छन्। 

‘के रे के रे ? फुट्ने रे ?  कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’

आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ।’

कार्कीले सामाजिक सञ्जालमा लेखेको सन्देश: 

के रे के रे ? फुट्ने रे ? 

कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्।

साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!

चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ। जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ। साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौँ। त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न!! 

घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ। बरु आउनुस् तपाईंहरु पनि यो महाअभियानमा नछुट्नुस्। 

विधिको शासन? ए ए,

सबैले आ-आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ!

विधिको शासन देश मै छैन हजुर! सरकारमै छैन। स्वास्थ्य मन्त्रीको हर्कतमा छैन। न्यायलयमै छैन! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट