१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

म्युजिक भिडियोको क्लिपलाई लिएर फेरि विवादमा प्रकाश सपुत

१९ मंसिर २०८०, मंगलवार ०८:२५

मङ्सिर १९, काठमाडौँ | निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् ।

उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ क्लिपमा उनले बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा नाचेपछि आलोचना भएको हो ।


कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप लगाइएको छ । भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो । यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो ।

हुन त यो भिडियो चार महिनाअघिको हो । यो म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए । तर, यसबेला आएर सपुतले संजालमा गाली गाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार