२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणवीर कपूरसँग दोहोर्‍याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप

२२ मंसिर २०८०, शुक्रबार ११:१०

मङ्सिर २२, काठमाडौँ | रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आलोचकहरूको मुख बुझिने गरी जवाफ दिएका थिए ।


हालै एउटा अन्तरवार्ता अनुरागले रणवीरबारे दिएको अभिव्यक्तिका कारण फेरि उनी चर्चामा आएका छन् । सो अन्तर्वार्तामा आफूसँग ब्लकबष्टर बनाउने सूत्र नभएको भए रणवीरसँग काम गर्ने बताएका थिए । 

अनुरागलाई सोधिएको थियो– ‘तपाई रणवीरसँग फेरि काम गर्न चाहनु हुन्छ ?’ यसको जवाफमा उनले भने, ‘रणवीर कपुर कलामा माहिर छन् । को उनीसँग काम गर्न नचाहला र ? इन्डस्ट्रीमा सबै निर्माता यस्तो स्टारसँग काम गर्न चाहन्छन्, जोसँग धेरै प्रशंसक छन् ।’ अझ अगाडि उनले भनेका छन्, ‘तपाईँहरूले देखि नै रहनु भएको छ एनिमलमा उनको अभिनयलाई दर्शकहरूले कति मन पराएका छन् । म पनि उनीसँग काम गर्न चाहन्छु, तर मसँग ब्लकबष्टर बनाउने कुनै सूत्र छैन ।’

स्टार सुपरस्टार बनेपछि उनीहरूलाई लिएर एक्सपेरिमेन्ट गर्न नसकिने अनि यस्तो कसैले गर्‍यो भने स्टार र निर्माता दुवैले दर्शकहरूबाट गाली पाउने पनि उनले बताए । एनिमलमा रणवीरले गरेको अभिनयका लागि अनुरागले जमेर तारिफ गरेका छन् । रिलिज भएको एक हप्ता नबित्दै फिल्मले ५ अर्ब ५० करोड रुपैयाँ कमायो । फिल्मले हिन्दी सिनेमाका लागि बक्स अफिसमा नयाँ रेकर्ड बनाओस् भन्ने आशा पनि अनुरागले व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य