२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणवीर कपूरसँग दोहोर्‍याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप

२०८०, २२ मंसिर शुक्रबार ११:१०

मङ्सिर २२, काठमाडौँ | रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आलोचकहरूको मुख बुझिने गरी जवाफ दिएका थिए ।


हालै एउटा अन्तरवार्ता अनुरागले रणवीरबारे दिएको अभिव्यक्तिका कारण फेरि उनी चर्चामा आएका छन् । सो अन्तर्वार्तामा आफूसँग ब्लकबष्टर बनाउने सूत्र नभएको भए रणवीरसँग काम गर्ने बताएका थिए । 

अनुरागलाई सोधिएको थियो– ‘तपाई रणवीरसँग फेरि काम गर्न चाहनु हुन्छ ?’ यसको जवाफमा उनले भने, ‘रणवीर कपुर कलामा माहिर छन् । को उनीसँग काम गर्न नचाहला र ? इन्डस्ट्रीमा सबै निर्माता यस्तो स्टारसँग काम गर्न चाहन्छन्, जोसँग धेरै प्रशंसक छन् ।’ अझ अगाडि उनले भनेका छन्, ‘तपाईँहरूले देखि नै रहनु भएको छ एनिमलमा उनको अभिनयलाई दर्शकहरूले कति मन पराएका छन् । म पनि उनीसँग काम गर्न चाहन्छु, तर मसँग ब्लकबष्टर बनाउने कुनै सूत्र छैन ।’

स्टार सुपरस्टार बनेपछि उनीहरूलाई लिएर एक्सपेरिमेन्ट गर्न नसकिने अनि यस्तो कसैले गर्‍यो भने स्टार र निर्माता दुवैले दर्शकहरूबाट गाली पाउने पनि उनले बताए । एनिमलमा रणवीरले गरेको अभिनयका लागि अनुरागले जमेर तारिफ गरेका छन् । रिलिज भएको एक हप्ता नबित्दै फिल्मले ५ अर्ब ५० करोड रुपैयाँ कमायो । फिल्मले हिन्दी सिनेमाका लागि बक्स अफिसमा नयाँ रेकर्ड बनाओस् भन्ने आशा पनि अनुरागले व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति