२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

९ औँ दिनमा ६० करोड कमाउने एक मात्रै भारतीय फिल्म बन्यो एनिमल

२४ मंसिर २०८०, आईतवार ०९:५०

मङ्सिर २४, काठमाडौं | रणवीर कपूर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमलले लगातार बक्स अफिसको रेकर्ड तोडिरहेको छ । फिल्मले रिलिज भएको नवौँ दिनसम्ममा विश्वभर ६ अर्ब ६० करोड ८९ लाख भारु कलेक्सन गरेको छ । 

दोस्रो शनिबार फिल्मले ६० करोड २२ लाख भारु कमाएको थियो । यो आफैँमा एउटा नयाँ रेकर्ड हो । रिलिज भएको नवौँ दिनमा यति ठूलो रकम कलेक्सन गर्ने एनिमल भारतको पहिलो फिल्म हो । 

शुक्रबार फिल्मको कमाई ३७ करोड ३७ लाख थियो । फिल्मको कलेक्शनबारे अपडेट दिने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले नवौँ दिनमा भारतमा मात्रै ३८ करोड कमाई गरेको छ । फिल्मले यस अघि नै ८औँ दिनमा सबैभन्दा धेरै कमाउने रेकर्ड बनाइसकेको थियो ।

२०२३ मा धेरै कमाउने चौथो फिल्म

९ दिनमै एनिमलले सलमान खानको टाइगर–३ को अलटाइम कलेक्शनलाई उछिनेको छ । टाइगर–३ को अलटाइम कलेक्सन ४ अर्ब ६५ करोड भारु थियो । ९ दिनमै ६ अर्ब ६० करोड ८९ लाख कमाएर एनिमल २०२३ को सबैभन्दा धेरै कमाउने चौथो फिल्म बनिसकेको छ । 

फिल्मले छिट्टै नै गदर २ को रेकर्ड तोडेर २०२३ को तेस्रो हाईएस्ट ग्रसिङ फिल्म बन्ने बाटोमा छ । एनिमल मात्रै ९ दिनमा भारतको सबैभन्दा धेरै कमाउने १२ औँ फिल्म बनेको छ । फिल्मको कमाई हेर्दा एक दुई दिनमै यसले सबैभन्दा धेरै कमाउने शीर्ष १० भारतीय फिल्ममा आफ्नो स्थान पक्का गर्ने देखिन्छ ।

रणवीरको सबै फिल्मको टुट्यो रेकर्ड

एनिमल रिलिज हुनु अघि रणवीर कपुरको करियरको बेष्ट फिल्म सन् २०१८ मा आएको संजू थियो । यो फिल्मको वल्डवाइड कलेक्सन ५ अर्ब ८६ करोड भारु थियो । ब्रम्हास्त्र उनको करियरको दोस्रो बेष्ट फिल्म थियो । दुवै फिल्मलाई उछिनेर एनिमल रणवीरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य