२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालीलाई रुस जान कडाइ, परराष्ट्रमार्फत रुसलाई ‘कूटनीतिक नोट’

२०८०, २८ मंसिर बिहीबार ११:२२

मङ्सिर २८, काठमाडौँ | माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ गर्न थालेको छ । रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कडाइ गर्न थालिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई देशबिच सम्झौता भएका विद्यार्थीबाहेक भिजिट भिसामा जाने, अरु ढंगले जाने सबैलाई कडाइ गरिएको जानकारी दिए । जसअनुसार सरकारले मातहतका निकायलाई सर्कुलर गरेको र सोहीअनुसार विमानस्थलमा कडाइ गरिएको उनको भनाइ छ । 

आचार्यका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत रुसलाई त्यहाँको सेनामा नेपाललाई भर्ती नगर्न कूटनीतिक नोट पठाइसकेको छ भने भर्ना भएकाहरूलाई पनि फिर्ता पठाउन आग्रह गरिएको छ । 

‘दुई देशबिच एमओयू भएका वा विद्यार्थीबाहेक  भिजिट भिसामा जाने वा अरु ढंगले जाने सबैलाई रोक लगाइएको छ  र यसबारे मातहतका निकायमा सर्कुलर गरिएको छ’, आचार्यले रातोपाटीसँग भने, ‘परराष्ट्र मन्त्रालयमार्फत रुस सरकारसँग कूटनीतिक नोट पनि पठाइएको छ । नेपालको परम्परागत रुपमा सम्झौता भएका देशबाहेक अन्य देशमा सैन्य संगठनमा पठाउने सरकारको नीति नभएकाले भर्ना नगर्न र भर्ना भएका भए पनि फिर्ता पठाउन नोट पठाइएको छ ।’

रुसी सेनामा भर्ना भएर नेपाली समस्यामा परेको खबरपछि सरकारले यस प्रकरणलाई गम्भीरतापूर्वक छानबिन गरिरहेको छ । सोहीअनुसार रुसमा नेपाली पठाउने कार्यमा संलग्न व्यक्तिहरू धमाधम समातिन थालेका छन् । हालसम्म १७ जना एजेन्टहरू पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसबारे अनुसन्धान भइरहेकाले अवैध ढंगले नेपालीलाई रुस पठाएर सेनामा भर्ती गराउने कार्यमा संलग्न अन्य पनि छिटै पक्राउ पर्ने बताएको छ । 

प्रधानमन्त्री प्रचण्डका अनुसार रुसी सेनामा करिब २०० नेपाली कार्यरत रहेको औपचारिक रिपोर्ट प्राप्त भएको छ । रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको प्रचण्डको भनाइ थियो । 

 बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भनेका थिए, ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ।’  नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको प्रधानमन्त्रीको भनाइ थियो । 

रुसी सेनामा भर्ना भएका ६ नेपालीको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले केही दिनअघि विज्ञप्तिमार्फत जानकारी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा