२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

२८ मंसिर २०८०, बिहीबार ११:३८

मङ्सिर २८, काठमाडौँ | अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् । १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ । पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ । उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन् ।

आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको सिनेमामा पूजाको जोडी डेव्यु-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । टिजरको एक सिनमा उनलाई बचाउन पूजा गाडीले भित्ता फोडेर निस्किएकी छन् । मेशिनगन चलाउँदै प्रस्तुत छिन् । बदलाको कथामा बनेको सिनेमालाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा हरि लामा ‘घले’को छायांकन छ ।

संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत सिनेमामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य