१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

२९ मंसिर २०८०, शुक्रबार ११:१९

मङ्सिर २९, काठमाडौं | प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।  


प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना), पाइलट र अरु प्याराग्लाइडिङ व्यवसायीबीच विवाद बढ्दै जाँदाको अवस्थामा उडान जारी राख्दा असुरक्षा हुने भन्दै रोक लगाएको प्राधिकरणले बताएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले व्यवसायी र पाइलटबीचको विवादका कारण उडानमा जोखिम थपिएकोले अनिश्चितकालिन रोक लगाएको बताए।

‘अहिले छाता संस्था र व्यवसायी तथा पाइलटबीच विवाद चलिरहेको छ। यो बेला उडान गरिरहँदा असुरक्षा हुन सक्छ। सुरक्षामा आँच आउने अवस्थामा उडान गर्न दिने कुरा रहेन,’ निरौलाले भने, ‘एकजुट भएर अघि बढ्नुपर्ने निकाय नै छिन्नभिन्न भएपछि उडानमा असुरक्षा खतरा भयो। त्यसैले सुरक्षालाई ध्यानमा राखेर अनिश्चितकालिन रोक लगाइएको हो।’ पोखरा क्षेत्रको मात्र उडान बन्द गरेको उनले बताए।

व्यवसायी, पाइलट र प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था बीच विवाद बढ्दै गएपछि बिहीबारदेखि पाइलटले पनि उडान रोकेका थिए। छाता संस्थाले लागु गरेको एकद्वार प्रणालीबाट उडान संचालन गर्नुपर्ने पाइलटको माग रहेको छ। केही व्यवसायीले भने छाता संस्थाले लागु गरेको एकद्वार प्रणाली मान्य नहुने बताएपछि विवाद चुलिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी