मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया क"/>

2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मानव अधिकार शान्ति समाज नवलपरासीको सभापतिमा बिक


मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया कार्यसमिति चयन गरिएको छ । 

नवलपरासीको गैडाकोटमा आज नेपाली कांग्रेस नेता बिक्रम खनालको प्रमुख आतिथ्य तथा मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक्षतामा भएको अधिवेषनवाट सर्वसम्मत रुपमा उक्त समिति गठन गरिएको हो । जस्को उपसभापतिमा डाक्टर मोती ढकाल, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा निर्मला यादव चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा लक्ष्मी देवी चौधरी, संजीत शर्मा, बदरी नेपाल, लक्ष्मी प्रसाद सोती, भगवति अधिकारी रहनु भएको छ भने बाकी रहेका ४ जना सदस्य पदपछि पदपुर्ति गर्ने बताईएको छ ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेता खनाले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने भन्दै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो । मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु उँहको भनाई रहेको थियो ।

सो अवसरमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको नि वर्तमान उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले नवनिर्वाचित कार्य समितिको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई