१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्रविरुद्धको हमलाः प्रधानमन्त्री दाहाल

३ पुष २०८०, मंगलवार ११:४६

पुस ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताएका हुन्।

उनले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेस’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका जिकिर गरे। उनले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताए। उनले लगाइएको आरोपहरु सावित नहुने पनि बताए।

उनले भने, ‘…अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ। त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ। एउटा छोरी छ, विचरा त्यो कस्ती छ, तपाईहरुले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ, उचालेको छ। म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो। म स्पष्ट छु त्यसमा। किनकि प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई।’

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भए पनि कानून, संविधान र प्रणालीको विरुद्धमा गए नछोड्ने बताए। चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी