2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एडभान्स बुकिङमा सालारले डंकीलाई उछिन्यो

पुष ४, काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।  यसअघि एडभान्स बुकिङमा डंकीले सालारलाई उछिनेको थियो । तर अब भने सालारले २ करोड ४० लाख भारुभन्दा धेरै कमाएर एडभान्स बुकिङमा डंकीलाई पछाडि पारेको छ ।

डंकीको तुलनामा सालारलाई कम शोज दिइएको छ । अहिलेसम्म एडभान्स बुकिङबाट सालारले १२ करोड ६७ लाख भारु कमाएको छ । ६ हजार ४३९ शोजका लागि फिल्मको ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिकेको छ । अर्कोतर्फ १२ हजार ६०८ शोजका लागि डंकीको ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ । डंकीको एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ ।

तेलुगु बेल्टका दर्शकहरू सालारका लागि निकै उत्साहित देखिन्छन् । फिल्मको तेलुगु संस्करणको लागि अहिलेसम्म ३ लाख ८२ हजार ६१७ ओटा टिकट बिक्री भएको छ । डंकीका लागि भने हिन्दी बेल्टमा दर्शकहरू बढी उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई