2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

के विपना थापाको डिभोर्स भएको हो ?

पुष ४, काठमाडौँ | अभिनेत्री विपना थापाका श्रीमान् आशुतोष भारद्वाजले नै डिभोर्स भएको उल्लेख गरेका छन् । उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए । तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए । आशुतोषले विपनाको एक तस्वीर राख्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चुका हे ।’

 तर, आशुतोषले लेखेको स्टाटसलाई विश्वास गर्ने आधार भनेर देखिँदैन । उनले पुष ३ गते मंगलबार आफ्नो फेसबुकमा विपना र छोरासँगको एक तस्वीर राख्दै ‘माई लभ’ भनेर हार्टको इमोजी राखेका छन् । त्यस्तै, दुई दिनअघि उनले काठमाडौंको एक होटलमा फोटोग्राफर राजभाई सुवालसँग ‘डाँडाघरे साइँली’ गीतमा नाचेको भिडियो पनि पोस्ट गरेका छन् । यतिबेला उनी नेपालमा छन् ।

विपना र आशुतोषको फेसबुक हेर्ने भने उनीहरु आफन्तको विवाह समारोहमा सहभागी हुन नेपाल आएको देखिन्छ । विपनाले नेपाल आएयता निरन्तर रुपमा आशुतोष र छोरासँगका तस्वीर तथा भिडियोहरु फेसबुकमा सेअर गरेकी छन् । जसले गर्दा विपना र आशुतोषको डिभोर्स भएको विश्वास गर्न कठीन छ । तर, आशुतोषको डिभोर्ससम्बन्धी स्टाटसले धेरैमा चासो भने उब्जिएको छ ।

आशुतोष भारतीय नागरिक हुन् । उनी पेशाले चिकित्सक हुन् भने भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय छन् । उनी नेपाली फिल्म ‘वरमाला’को निर्माता समेत हुन् । यही फिल्मको क्रममा विपना र आशुतोषबीच प्रेम अंकुराएको थियो । र, पछि दुवै विवाह बन्धनमा बाँधिए । विवाहपछि भारतमै बस्दै आएकी विपना फिल्म ‘ह्रस्व दीर्घ’बाट एक दशकपछि अभिनयमा फर्किँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई