१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदीय सुनुवाइबाट अनुमोदित सर्वोच्च अदालतका ६ प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले गरे नियुक्ति

४ पुष २०८०, बुधबार ११:२४

पुष ४, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा परी संसदीय सुनुवाइ भएका उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन्। 


न्यायाधीशमा नियुक्ति पाउनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाहरुलाई नियुक्ति गरिएको उल्लेख गरेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले  उनीहरुको नियुक्ति भएको जानकारी दिएकी हुन्। अब प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले उनीहरुलाई सपथ खुवाउनेछन्। सपथपछि उनीहरुले जिम्मेवारी सम्हाल्नेछन्। योसँगै सर्वोच्च अदालतमा २० न्यायाधीश हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी