Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सालारले ३ दिनमा विश्वभर कमायो ४०० करोड, डंकी सय करोड क्लबमा

२०८०, ९ पुष सोमबार १०:०३

पुस ९, काठमाडौँ | प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा सालारको वल्र्डवाइड कलेक्शन १७८ करोड ७० लाख भारु थियो । दोस्रो र तेस्रो दिनको कमाई क्रमशः ११७ करोड र १०४ करोड ३० लाख भारु रहेको छ ।


घरेलु बक्स अफिसमा २०० करोड

इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार भारतीय बक्स अफिसमा तेस्रो दिनमा फिल्मले ६१ करोड भारु कमाएको छ । यसको साथमा भारतको कुल कलेक्शन २०८ करोड पुगेको छ । आइतबार फिल्मको हिन्दी भर्जनको अक्युपेन्सी ४८ दशमलव २७ प्रतिशत थियो । उत्तर अमेरिकामा भने सलारको कमाई ५१ लाख डलर पुगेको छ ।

सालार यो वर्षको सबैभन्दा ठूलो ओपनिङसहितको फिल्म बनेको छ । पहिलो दिन फिल्मको कुल कमाई १७८ करोड ७ लाख भारु रहेको थियो । इन्डियन बक्स अफिसमा यसको कमाई ९० करोड ७० लाख भारु रह्यो ।

डंकी पनि सय करोड क्लबमा पुग्यो

शाहरुख खानको फिल्म डंकीले भने चौथो दिन भारतभरमा ३१ करोड ५० लाख भारु कमाएको छ । यसको साथमा घरेलु बक्स अफिसमा फिल्मको कूल कमाई १०६ करोड ४३ लाख भारु भएको छ । डंकी सालारभन्दा एक दिनअघि डिसेम्बर २१ मा रिलिज भएको थियो । डंकीको वल्र्डवाइड कलेक्शन भने २१५ करोड पुगेको छ । चौथो दिनमा फिल्मको वल्र्डवाइड कलेक्शन ५७ करोड ७८ लाख भारु थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित