२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नयाँ रेकर्ड बनाउँदै प्रभास

११ पुष २०८०, बुधबार ०७:४८

पुस ११, काठमाडौं | बाहुबलीपछि दक्षिण भारतीय अभिनेता प्रभासको करियर आकाशिएको थियो । विश्वभर नै उनको फ्यान फलोइङ बढ्न थाले । 

बाहुबली अल टाइम ब्लकबष्टर फिल्म बन्यो । यसपछि उनले आफ्नो फिस पनि बढाइदिए । २२ वर्षको फिल्मी करियरमा प्रभासको पोल्टामा हिटभन्दा धेरै फ्लप फिल्म थिए । 

बाहुबली यता त उनले झन् एउटै हिट दिन सकेनन् । कतिले उनको करियर अब डुब्यो समेत भनिदिए । यस्तोमा सालारले उनको डुब्नै लागेको करियरको डुंगालाई किनारा लगाइदिएको छ । सालार हिट भएसँगै प्रभसले अर्को रेकर्ड पनि आफ्नो नाममा बनाएका थिए ।

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म सालारले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । पहिलो दिनमै सय करोड भारु भन्दा धेरै कमाउने सालार प्रभासको चौथो फिल्म हो । सालारले वर्ल्डवाइड बक्स अफिसमा पहिलो दिन १७८ करोड भारु कमाएको  थियो । यस्तो रेकर्ड दक्षिण भारतीय फिल्म उद्योगका सूर्या, धनुष, थलपति विजयजस्ता स्टारहरुले समेत बनाउन सकेका छैनन् ।

बाहुबलीको दुबै भाग रिलिज भएलगत्तै प्रभासको लोकप्रियता बढेको थियो । उनको आगामी फिल्मप्रति दर्शकहरुले निकै आशा गरेका थिए । तर निकै आशा गरिएको आदिपुरुषले दर्शकहरुलाई निराश बनायो । 

सालारको साथमा प्रभासले आफ्नो धमाकेदार पुनरागमन गरेका छन् । दर्शकहरुले पनि यो फिल्मलाई निकै माया दिइरहेका छन् । सालार उत्तर अमेरिकामा सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म बनेको छ ।

खबरहरुका अनुसार फिल्मले पहिला सप्ताहन्तमा उत्तर अमेरिकामा ५० लाख डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा ५० लाख डलर कमाउने यो प्रभासको तेस्रो फिल्म हो । 

यस अघि बाहुबली १ र २ ले पनि यती नै कमाइ गरेको थियो । विदेशमा मात्रै होइन भारतमा पनि सालारको कमाई धमाकेदार छ । दक्षिण भारतमा मात्रै नभएर भारतीय बेल्टमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य