2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

पुस १३, काठमाडौँ |  इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ ।

प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगितामा उनले उदितको गीत ‘साइनाथ’ गाएकी थिइन् । जुन आगामी एपिसोडमा प्रसारण गरिनेछ ।

सोनी टेलिभिजनले प्रतियोगिताको आगामी एपिसोडको प्रोमो सार्वजनिक गरेको छ । जसमा मेनुकाले उदितबाट मूर्ति उपहार पाएको देखाइएको छ । प्रोमोमा मेनुकालाई उदितले अँगालो हाल्दै गायनको प्रशंसा समेत गरेको छन् । क्रिसमस स्पेसलको रुपमा तयार पारिएको एपिसोडमा उदित सान्ताको हुलियामा स्टेजमा देखिनेछन् ।

आइडलको अहिले सिजन १४ चलिरहेको छ । यो सिजनमा मेनुकाले सुरुदेखि नै शानदार प्रस्तुति दिँदै आएकी छन् । केही अगाडि यही मञ्चबाट उनले भारतीय फिल्म ‘सलार’मा पाश्र्वगायन अवसर पाएकी थिइन् । यही मञ्चमा उनको गायनबाट प्रभावित भएर बलिउड अभिनेता रणवीर कपुरले संगीतकी साक्षात् देवी भन्दै पाउँ छाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई