2026-06-20 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरिया र युरोप पठाइदिने भन्दै ३५ जनाबाट दुई करोड उठाएर फरार छन् दलबहादुर

पुस १५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कोरिया र युरोप पठाइदिने भन्दै ३५ जनाबाट दुई करोड उठाएर दलबहादुर बस्नेत फरार भएका छन्।

दक्षिण कोरियामा कृषि पेसामा काम गर्न पठाउने भन्दै कोहीबाट तीन लाख, कोहीसँग चार लाख तथा युरोपको रोमानिया, माल्टा, माल्दोवा जान चाहनेहरूका लागि ६ लाख मूल्य तोकेका बस्नेत अहिले सम्पर्कमा छैनन्। सहकारीबाट ऋण लिएर, जमिन बेचेर, गरगहना बेचेर विदेश जाने आसमा पैसा बुझाएकाहरू अहिले पैसा बुझाएको भौचर, फोन रेकर्ड र बस्नेतको फोटो भिडियो देखाउँदै न्याय माग गरिरहेका छन्। 


लमजुङका प्रदीप थापाले गाउँमै जागिर गरेर मासिक ४० हजार रुपैयाँ कमाउँथे। मंसिर दोस्रो साता आफन्तकै चिनजानबाट तीन लाखमा दक्षिण कोरिया जाने अवसर आएको थाहा पाएपछि जागिर छाडेर कोरिया जाने तयारी गरे। महिनाको दुई लाख रुपैँया आम्दानी हुने आसमा तीन लाख रुपैयाँ दलाललाई बुझाएर उनले कोरिया जानकै लागि घरछेउको जागिर छाडे। दलालले दक्षिण कोरिया जान सात लाख लाग्ने, तर तीन लाख तत्कालै र चार लाख दक्षिण कोरिया पुगेर कमाउँदै ६ महिनापछि दिँदा पनि हुने भनेका थिए।

पुस पहिलो साता विदेश लैजाने भनेको मानिस सम्पर्कमै आउन छाड्यो। थापासँगै उनको गाउँका पाँचजनाले दक्षिण कोरिया जाने भनेर दलबहादुर बस्नेतमार्फत पैसा बुझाएका थिए। सबैलाई बस्नेतले माछापुच्छे बैंकमा पैसा हाल्न लगाउँथे। त्यसमध्ये दुर्गा शाहीलाई त उनले छिटो सपिङ गर्नसमेत भनेका थिए। ‘आर्मीबाट रिटायर्ड भएको बताउने बस्नेत उमेरले पनि ७० वर्षका थिए। ठगिएलाजस्तै लागेको थिएन। बोलीमा मिठास भएका उनले दर्जनौँ मानिसलाई सहजै आफ्नो प्रभावमा पारे। उनले भिसा लागेको पुरानो पासपोर्ट देखाउँथे, फोनमा विदेश भएका मानिस देखाउँथे,’ शाहीले भनिन्। एयरपोर्ट जाने समय आउँदै गर्दा आफू ठगिएको पत्तो पाएका धादिङका विवेक श्रेष्ठले भने, ‘काठमाडौंमा बायोमेट्रिक गर्न भनेर सम्पर्कविहीन भए। अहिले उनको फोन नै लाग्दैन। उनले तीनजना साथीहरूसँगै नौ लाख रुपैयाँ बस्नेतलाई बुझाएका थिए। 

बस्नेतले गाडीचालक, होटेल सञ्चालकलाई आफू विदेश पठाउने मान्छे भएको जानकारी दिँदै मान्छे खोजे कमिसन दिने आश्वासन बाँड्थे। भरतपुर क्षेत्रमा गाडीचालक रहेका राजु तामाङले उनको प्रभाव पारेर गाडीमा चढ्ने चिनजानका मान्छे र छिमेकीसहित ३५ जनालाई बस्नेतसँग परिचय गराए। अहिले बस्नेत बेपत्ता भएपछि उनी पनि तनावमा छन्। सात वर्षदेखि गाडी चलाउँदै आएका तामाङ बस्नेतले आफूलाई पनि फसाएको बताउँछन्। ‘छोरा र बुढी छ भन्ने सुनेको हो। अरू केही थाहा छैन,’ उनले भने। 

तामाङजस्तै नवलपरासीको कावासोतीमा होटेल व्यवसाय गर्ने दुर्गा कुमाललाई पनि बस्नेतले प्रयोग गरेर २५ जना मान्छेबाट पैसा ठगी गरेको पीडित बताउँछन्। बुधबार र बिहीबार मात्रै बस्नेतबाट ठगिएको भन्दै ३५ जना चितवन, धादिङ, लमजुङ, नवलपरासीलगायतका जिल्लाबाट जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको आप्रवासी स्रोत केन्द्रमा गुनासो लिएर आएका थिए। वैदेशिक रोजगारीमा पठाइदिने भनेर बस्नेतले झन्डै दुई करोड रुपैयाँ ठगी गरेको पीडितहरूको भनाइ छ। आप्रवासी स्रोत केन्द्रमा आएकासहित ७५ जनाभन्दा बढी मानिस उनीबाट ठगिएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने यो संस्थाले छलफल र सहजीकरणको काम गर्छ। 

 उनीहरूले शुक्रबार सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा संयुक्त उजुरी दिएको प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए। ‘बस्नेतबाट भारतमा समेत २० देखि २५ जना ठगिएको र अलपत्र परेको भन्ने जानकारी आएको छ,’ शाहले भने, ‘मान्छेपिच्छे फरक–फरक नाम र ठेगना बताउने उनको मोबाइल नम्बर पनि फरक–फरक रहेकाले अनुसन्धान भइरहेको छ। उनीबाट धेरैजना पीडित भएको भन्ने छ, हामी अनुसन्धान गर्दै छौँ,’ उनले भने। भरतपुर महानगरपालिका–११ मा बस्दै आएको घरबाट उनी बिहीबार राति नै भागेका छन् । जुन घर उनले आफ्नो भन्दै आएका थिए। -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते