१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतबाट दोषी ठहर भएका सन्दीपबारे क्यानले भन्यो, ‘उहाँ आफैं ब्याक भइसक्नुभएको छ’

१५ पुष २०८०, आईतवार ०९:३८

पुस १५, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रुपमा राष्ट्रिय टीमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।

‘अब यो फैसला कायम रहुञ्जेलसम्म उहाँले राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने अवस्था हुँदैन,’ क्यान उच्च स्रोतले भन्यो, ‘उहाँ आफैं ब्याक भइसक्नुभएको छ ।’

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लव च्याम्पियनसीपको फाइनलबाट पनि हात झिकेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले पराजय व्यहोरेको छ ।

सन्दीपविरुद्ध जाहेरी दर्ता भएलगत्तै उनलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले अदालतले गरेको फैसलापछि औपचारिकरुपमा केही बोलेको छैन । क्यान सन्दीपबारे कुनै निर्णय नलिने र फैसला कायम रहुञ्जेल टिममा नराख्ने मनस्थितिमा देखिएको छ ।

क्यानका एक जिम्मेवार पदाधिकारीले भने, ‘अब कानूनअनुसार हुन्छ । हिजोको दिनमा आरोपमात्र लागेको अवस्था थियो । अब क्यानले कुनै निर्णय गरिरहनु पर्छ जस्तो लाग्दैन । अब उहाँले पुनरावेदनमार्फत सफाइ पाउनेतिर ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार