2026-06-20 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतबाट दोषी ठहर भएका सन्दीपबारे क्यानले भन्यो, ‘उहाँ आफैं ब्याक भइसक्नुभएको छ’

पुस १५, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रुपमा राष्ट्रिय टीमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।

‘अब यो फैसला कायम रहुञ्जेलसम्म उहाँले राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने अवस्था हुँदैन,’ क्यान उच्च स्रोतले भन्यो, ‘उहाँ आफैं ब्याक भइसक्नुभएको छ ।’

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लव च्याम्पियनसीपको फाइनलबाट पनि हात झिकेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले पराजय व्यहोरेको छ ।

सन्दीपविरुद्ध जाहेरी दर्ता भएलगत्तै उनलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले अदालतले गरेको फैसलापछि औपचारिकरुपमा केही बोलेको छैन । क्यान सन्दीपबारे कुनै निर्णय नलिने र फैसला कायम रहुञ्जेल टिममा नराख्ने मनस्थितिमा देखिएको छ ।

क्यानका एक जिम्मेवार पदाधिकारीले भने, ‘अब कानूनअनुसार हुन्छ । हिजोको दिनमा आरोपमात्र लागेको अवस्था थियो । अब क्यानले कुनै निर्णय गरिरहनु पर्छ जस्तो लाग्दैन । अब उहाँले पुनरावेदनमार्फत सफाइ पाउनेतिर ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते