2026-07-26 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै बलिउड अभिनेत्री रकुल प्रीत

पुस १७, मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

यद्यपि, रकुल वा उनको परिवारको तर्फबाट कुनै औपचारिक जानकारी दिइएको छैन । विवाहसँग जोडिएका थप जानकारी पनि सार्वजनिक गरिएको छैन ।

निकटस्त स्रोतका अनुसार दुवैजना आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सबै कुरा गोप्य राख्न चाहन्छन् । त्यसैले विवाहबारे सबै जानकारी खुलाइएको छैन । दुवैजना हाल थाइल्याण्डमा छुट्टी मनाइरहेका छन् ।

रकुल र ज्याकी करिब दुई वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । दुवैसँगै छुट्टी मनाउन जान्छन् । सन् २०२२ मा आफ्नो जन्मदिनमा रकुलसँग रोमान्टिक तस्बिर सेयर गर्दै आफूहरू सम्बन्धमा रहेको पुष्टि गरेका थिए ।

रकुलले एक अन्तरवार्तामा दुवै जना छिमेकी भए पनि कुराकानी भने हुन नसकेको बताएकी थिइन् । पछि एक नजिकको साथीमार्फत उनीहरूको बोलचाल सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

रकुलको जन्म सन् १९९० अक्टोबर १० मा नयाँ दिल्लीमा एक पन्जाबी शिख परिवारमा भएको हो । उनी सानैदेखि नायिका बन्न चाहन्थिन् । १८ वर्षमा मोडलिङ सुरु गरेकी उनले सन् २००९ मा कन्नड चलचित्र गिलीबाट अभियनमा डेब्यू गरेकी थिइन् ।

सन् २०१४ मा यारियाँबाट बलिउडमा डेब्यू गरिएका उनले विभिन्न भाषाका ४१ चलचित्रमा काम गरिसकेकी छिन् । उनी कमल हसनको आगामी चलचित्र इन्डियन २ मा देखिनेछिन् । यो सन् १९९६ मा बनेको चलचित्र इन्डियनको सिक्वेल हो । 

उता ज्याकीले कठपुतली, गणपत, मिसन रानीगन्जजस्ता चलचित्रलाई निर्माण गरेका छन् । उनले रेहना हे तेरे दिलमे, कल किसने देखाजस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । उनले अक्षय कुमार र टाइगर श्रौफको मुख्य भूमिका रहेको आगामी चलचित्र बडे मिया छोटे मिया निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ