२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै बलिउड अभिनेत्री रकुल प्रीत

१७ पुष २०८०, मंगलवार ०८:००

पुस १७, मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

यद्यपि, रकुल वा उनको परिवारको तर्फबाट कुनै औपचारिक जानकारी दिइएको छैन । विवाहसँग जोडिएका थप जानकारी पनि सार्वजनिक गरिएको छैन ।


निकटस्त स्रोतका अनुसार दुवैजना आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सबै कुरा गोप्य राख्न चाहन्छन् । त्यसैले विवाहबारे सबै जानकारी खुलाइएको छैन । दुवैजना हाल थाइल्याण्डमा छुट्टी मनाइरहेका छन् ।

रकुल र ज्याकी करिब दुई वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । दुवैसँगै छुट्टी मनाउन जान्छन् । सन् २०२२ मा आफ्नो जन्मदिनमा रकुलसँग रोमान्टिक तस्बिर सेयर गर्दै आफूहरू सम्बन्धमा रहेको पुष्टि गरेका थिए ।

रकुलले एक अन्तरवार्तामा दुवै जना छिमेकी भए पनि कुराकानी भने हुन नसकेको बताएकी थिइन् । पछि एक नजिकको साथीमार्फत उनीहरूको बोलचाल सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

रकुलको जन्म सन् १९९० अक्टोबर १० मा नयाँ दिल्लीमा एक पन्जाबी शिख परिवारमा भएको हो । उनी सानैदेखि नायिका बन्न चाहन्थिन् । १८ वर्षमा मोडलिङ सुरु गरेकी उनले सन् २००९ मा कन्नड चलचित्र गिलीबाट अभियनमा डेब्यू गरेकी थिइन् ।

सन् २०१४ मा यारियाँबाट बलिउडमा डेब्यू गरिएका उनले विभिन्न भाषाका ४१ चलचित्रमा काम गरिसकेकी छिन् । उनी कमल हसनको आगामी चलचित्र इन्डियन २ मा देखिनेछिन् । यो सन् १९९६ मा बनेको चलचित्र इन्डियनको सिक्वेल हो । 

उता ज्याकीले कठपुतली, गणपत, मिसन रानीगन्जजस्ता चलचित्रलाई निर्माण गरेका छन् । उनले रेहना हे तेरे दिलमे, कल किसने देखाजस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । उनले अक्षय कुमार र टाइगर श्रौफको मुख्य भूमिका रहेको आगामी चलचित्र बडे मिया छोटे मिया निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य