४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यसवर्ष एक खर्ब ३४ अर्बको खाद्यन्न आयात

३० आश्विन २०७३, आईतवार ११:४०

राजाराम कार्की, असोज ३०, काठमाडौँ । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल रु एक खर्ब ३४ अर्बको खाद्य वस्तु आयात भएको छ । 

खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर न्यून छ । नेपालमा यसवर्ष १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएको छ भने रु २५ अर्बको चामल आयात भएको छ । 

आज अक्टोबर १६ का दिन विश्वभर खाद्य दिवस मनाइन्छ, नेपालमा भने परिणाम खोज्ने भन्दा औपचारिक भाषणमा मात्रै यो दिवस मनाइएको छ । ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ । ’ ३६ औँ विश्व खाद्य दिवसको नारा हो यो । नारामा गोलवद्ध भएका वक्ताले खाद्य अधिकार र कर्तब्यका बारेमा सिंहदरबार भित्र र बाहिर आ–आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । 

सिंहदरबार बाहिर खाद्यका लागि कृषिका अभियानका संयोजक डा कृष्ण पौडेलले संविधानमा उल्लेखित खाद्य अधिकार र खाद्य सम्प्रभूतालाई कार्यान्वयन गर्न सबै समूह र व्यक्ति प्रतिवद्ध हुनुपर्ने धारण व्यक्त गर्नुभयो । 

नेपालका अधिकांश भागमा खानै नपाएर कोही व्यक्ति मरेको औपचारिक तथ्याङ्क अहिलेसम्म बाहिर आएको छैन तर कर्णली अञ्चलका केही जिल्लामा भोकमरी बढेको भन्ने समाचार सम्प्रेषण हुने क्रम जारी छ । 

सो क्षेत्रमा पाइने स्थानीय उवा, कोदो, जौँ, कागुनो, जुनेलोजस्ता अतिपौष्टिक खाद्यन्न विस्थापित भएका छन् । त्यहाँका मानिसको खानेबानीमा समेत परिवर्तन आएको छ । स्थानीयस्तरमा पाइने अन्नको सट्टा खरिद गरेको चामलमा परनिर्भर भएका कारण स्थानीय खाद्यन्न अभाव भएको हो । 

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी खाद्यान्नउत्पादनमा भन्दा खरिदमा सरकारी निकाय सक्रिय भएको आरोप लगाउनुहुन्छ । 

नेपाल कृषि पत्रकार प्रतिष्ठानका उपाध्यक्ष किरण आचार्य खेती गर्नेभन्दा नगर्नेले भरपेट खान पाउँछन् तर दैनिक खेतबारीमा काम गर्ने महिला, आदिवासी, दलित जनजाति, सुकुम्वासी र सीमान्तकृत तथा पिछडिएको वर्गले भरपेट खान पाउदैनन् भन्नुहुन्छ । अहिले पनि २५ प्रतिशतभन्दा बढी नेपाली चरम गरिबीमा जीवन बिताउन बाध्य छन् भने ४० प्रतिशत भन्दामाथि कुपोषणको सिकार छन् । तर नेपालले खाद्य सुरक्षा र पोषणका लागि दिगो खाद्य प्रणाली स्थापित गर्न सकेको छैन । 

सेप्टेम्बर २०१५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त गर्ने जनाएका थिए । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका प्रतिनिधिले खाद्य सुरक्षा नै अहिलेको मुख्य प्राथमिकता रहेको तर जलवायु मुख्य चुनौती रहेको धारण सार्वजनिक गरेका थिए । 

नेपालमा भने जलवायु परिवर्तन भन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगर्ने अर्थात बाझै राख्ने चलनले खाद्य सङ्कट निम्तीनसक्ने विज्ञवर्गले चिन्ता व्यक्त गरेका छन् । कृषि गणना २०६८ लाई आधार मान्दा विगत एक लाख २९ हजार हेक्टर जमिन बाझै छ । जस्मा ३० लाख ९० हजार हेक्टर जमिनमा खेती भएको छ । 

सो अवधिमा धान ९ प्रतिशत, गहुँ ६, मकै १२ कोदो १९, जौ ३५, फापर ४०, कोसेबाली २१, तोरीबालीमा १३ प्रतिशतले उत्पादन घटेको छ । छैठाँैं कृषि गणनाले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा अपनाउन नपाएको र कृषिबाटै रोजगार गर्न चहानेको लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत सो गणनामा उल्लेख छ । 

त्यसैगरी, हुनेखाने कुलिन वर्ग सहर केन्द्रित हुने र युवावर्ग वैदेशिक रोजगारमा गएका कारण जग्गा बाझिने क्रम बढेको हो । बयालिस प्रतिशत कृषकले व्यवसायीक कृषिका लागि ऋण उपलब्ध नभएको कृषि गणना २०६८मा उल्लेख छ । 

उर्वरजमिनलाई बाझो राख्न नपाइने कानुनको अभाव, सीमित व्यक्तिबाट प्रचुर जमिन अतिक्रमण, जग्गको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिवर्तन , परम्परागत आकासे खेतीमा परनिर्भरता, सिँचाइको अभाव, उन्नत जातका बिउविजन तथा मलखाद तथा कृषि अनुदानको अभाव, सरकारी उदासिनता, उत्पादको उचित मूल्य नपाउनु र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्ने कारणले नेपालमा खाद्य सङ्कट बढ्दै आएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश