२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउथमा डेब्यू गर्दैछिन् करिना, यशसँग टक्सिकमा काम गर्ने

२०८०, २० पुष शुक्रबार ११:१०

पुस २०, काठमाडौं | बलिउड अभिनेत्री करिना कपूरले दक्षिण भारतीय फिल्ममा डेब्यु गर्ने भएकी छिन् । करिनाको डेब्यू फिल्म केजीएफ स्टार यशसँग हुने बताइएको छ । 

यशले केही समय अघि मात्रै आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका थिए । यो फिल्मको नाम टक्सिक रहेको छ । यशका पछिल्ला फिल्म जस्तै यो पनि ग्र्यान्ड हुने देखिएको छ । यो फिल्मको निर्देशन क्रिटिक्सहरुबाट निकै तारिफ बटुलिसकेकी निर्देशक गीतू मोहनदासले गर्नेछिन् ।


यसैबिच टक्सिकबाट करिनाले साउथमा डेब्यू गर्न लागेको खबर आएको हो । करिनाले २४ वर्ष अघि रिफ्युजीबाट बलिउडमा कदम राखेकी थिइन् । अहिले उनी बलिउडको राम्रो अभिनेत्री बनिसकेकी छिन् । तर करिनाले कहिले पनि साउथमा काम गरिनन् । टक्सिकका निर्माताहरु फिल्ममा करिनालाई लिनेबारे निकै उत्सुक भएको बताइएको छ । 

यसबारे उनीहरुले करिनासँग कुराकानी पनि शुरु गरिसकेका छन् । करिनाले यो  फिल्ममा साइन गरिन् र काम गरिन् भने यो उसको साउथ डेब्यू हुनेछ । यश र निर्माताहरु फिल्मको अडियन्श बेस बढाउन चाहन्थे । त्यसैले उनीहरुले बलिउडकी टप एक्सट्रेसमध्ये एक करिनालाई अप्रोच गरेको बताइएको छ ।

करिना हालै मात्रै नेटफ्लिक्सको फिल्म जानेजामा देखिएकी छिन् । यो फिल्ममा उनको कामको निकै तारिफ भइरहेको छ । फिल्ममा करिना एउटी बालिकाको आमा बनेकी छिन् । क्रिटिक्सहरुले उनलाई खुबै सरहाना गरिरहेका छन् । यो फिल्ममा उनी बिल्कुल नयाँ अन्दाजमा देखिएकी छिन् । यसअघि करिना आमिर खानसँग लाल सिंह चड्ढामा देखिएकी थिइन् । फिल्म फ्लप भएपनि करिनाको अभिनयले हरेक रिभ्युमा वाहवाही बटुलेको थियो । यश भने केजीएफ२ को सफलतायता कुनै फिल्ममा देखिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति