असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीचनयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुश"/>
असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीच नयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति यादवका नाति अभिशेष यादवबीच शीतलनिवासमा आइतबार टीकाटालो गरिएको छ ।
बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबीच करीव ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको थियो । उनीहरुको बिषयमा चर्चा भईरहे पनि नाता नै जोडिने बिषयमा भने अघिल्लो बर्षदेखि नै चर्चा थियो । तर बिबिध कारण रोकिएको उनीहरुको बिहेको लगन यो बर्षको लागि भने जुराइन लागेको छ । आज सितल निवासमा भएको इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदार सहभागी थिए ।
राष्ट्रपतिको स्वकीय सचिवालयका सबै सदस्यहरुलाई निम्ता दिइएको उक्त टीकाटालो कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादव भने उपस्थित भएनन् । उनी उपचारका क्रममा अमेरिकामै रहेका कारण सहभागी नभएका हुन् ।
टीकाटालोका अवसरमा रामवरणका नाति अभिशेकले बिध्या भण्डारीकि छोरी निशाकुसुमलाई औंठी लगाइदिए । निशाले पनि अभिशेषलाई औंठी लगाइदिइन् ।
निशा र अभिशेषको विहे माघमा गर्ने तय गरिए पनि कुन तिथि गर्ने भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन ।
आज शीतलनिवासमा टीकाटालोको कार्यक्रम विहान १० देखि १२ बजेसम्म चलेको थियो । वर-बधुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिएकी थिइन् । टिकाटालोपछि राष्ट्रपति निवासमा दिवाभोजको आयोजना गरिएको थियो ।
पेशाको कुरा गर्ने हो भने एमालेका जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने पूर्वराष्ट्रपति रामवरणका नाथि अभिशेष इन्जिनियर हुन् ।