पढ्न करिब 1 मिनेट लाग्छ

पुस २४, काठमाडौँ | हमासको अपहरणमा परेका विपिन जोशीको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने एक युवा पक्राउ परेका छन् । माइतीघरमा निषेधित क्षेत्र तोडेको भन्दै आसिरमान सिंहलाई पक्राउ गरेको हो ।

उनी एक्लै हमालको अपहरणमा परेका जोशीको उद्धार कहिले हुन्छ सरकार भनेर लेखेको पम्पपेल्ट बोकेर प्रदर्शन गरिरहेका थिए ।

स्वतन्त युवाको नामबाट आज जोशीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने सूचना सामाजिक सञ्जालमा राखिएको थियो ।

तर कोही उपस्थिति नभएपछि सिंह एक्लैले प्रदर्शन गरेका थिए । सोही क्रममा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । दुई महिनादेखि विपिन हमासको कब्जामा रहेका छन् ।