कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा दुई जना मानवसहितको अन्तरिक्षयान प्रक्षेपण (भिडियो सहित)

१ कार्तिक २०७३, सोमबार ०४:२२


कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो ।

उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो ।

उनीहरु टियाङगोङ २ स्पेस ल्याबमा पुग्नेछन् जहाँ उनीहरुले ३० दिन बिताउनेछन् । अन्तरिक्षमा यति धेरै समय बिताउने उनीहरु पहिलो चिनियाँ अन्तरिक्ष यात्री बन्नेछन् ।

यो परियोजनालाई मानवसहितको यान चन्द्रमा वा मंगल ग्रहमा पठाउने चीनको तयारीको रुपमा हेरिएको छ । अहिलेको मिसनमा ४९ वर्षीय जिङ हाइपेङ र ३७ वर्षीय चेन डोङ रहेका छन् । हाइपेङ यसअघि दुई पटक अन्तरिक्षमा पुगेर आइसकेका छन् ।

मानवसहितको यान अन्तरिक्षमा पठाउने चीन तेस्रो मुलुक हो । यसअघि रसिया र अमेरिकाले मात्र अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यानलाई पठाएको थियो । 

यतिखेर चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन खडा गर्न लागिपरेको छ । टियाङगोङ २ लाई विस्तार गर्न आगामी केही वर्षमा थप सामग्रीहरु अन्तरिक्ष पठाउने चीनको तयारी रहेको छ । यो सन् २०२२ मा पूर्ण रुपमा तयार हुने बताइएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान