कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएक"/>

2026-07-24 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा दुई जना मानवसहितको अन्तरिक्षयान प्रक्षेपण (भिडियो सहित)

कार्तिक १, काठमाडौँ | चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो ।

उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो ।

उनीहरु टियाङगोङ २ स्पेस ल्याबमा पुग्नेछन् जहाँ उनीहरुले ३० दिन बिताउनेछन् । अन्तरिक्षमा यति धेरै समय बिताउने उनीहरु पहिलो चिनियाँ अन्तरिक्ष यात्री बन्नेछन् ।

यो परियोजनालाई मानवसहितको यान चन्द्रमा वा मंगल ग्रहमा पठाउने चीनको तयारीको रुपमा हेरिएको छ । अहिलेको मिसनमा ४९ वर्षीय जिङ हाइपेङ र ३७ वर्षीय चेन डोङ रहेका छन् । हाइपेङ यसअघि दुई पटक अन्तरिक्षमा पुगेर आइसकेका छन् ।

मानवसहितको यान अन्तरिक्षमा पठाउने चीन तेस्रो मुलुक हो । यसअघि रसिया र अमेरिकाले मात्र अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यानलाई पठाएको थियो । 

यतिखेर चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन खडा गर्न लागिपरेको छ । टियाङगोङ २ लाई विस्तार गर्न आगामी केही वर्षमा थप सामग्रीहरु अन्तरिक्ष पठाउने चीनको तयारी रहेको छ । यो सन् २०२२ मा पूर्ण रुपमा तयार हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक