कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहान"/>
2026-09-19 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुणस्तरहिन दुध बेच्दै सरकारी स्वामित्वको डिडिसि, उपभोक्ताहरु आक्रोशित

कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहानै पुगिन । 

बिराटनगर  दूध बिकास संस्थाले उत्पादन गरेको दूध बेलैमा सुधार नगर्दा उपभोक्ताहरु आक्रोसित हुन थालेका छन । डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसीको पहिलो प्याकेटको दूध परीक्षण हुँदा कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटिएको थियो । तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड रहन्छ ।

डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत मात्रै भेटियो । तेस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ ।

चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर गर्यो । तर, काठमाडौं प्रशासनले क्रमश पाँच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई