२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी बर्षदेखी राईनो संरक्षण गोल्डकपका लागी १५ लाख छुट्टाउने बनमन्त्री भण्डारीको घोषणा

२०७३, १ कार्तिक सोमबार ११:४७

गोपिकृष्ण चापागाई / कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा बन तथा बन्यजन्तु संरक्षणमा जनचेतना र युवा सहभागीताको लागी संचालित राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगीता आज (सोमबार) बाट शुरु भएको छ । सोमबार कुमारवर्ति बहुमुखि क्याम्पसको प्रांगणमा एक बिशेष कार्यक्रम गर्दै फुटबल प्रतियोगीता शुरु भएको हो । 

उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुथ अतिथि मन्त्री भण्डारीले अहिले १२ औं राईनो संरक्षण गोल्डकप हुन लागेकोमा आयोजक टिमलाई बधाई दिँदै नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै पनि सहयोग नमिलेको गुनासोलाई कदर गर्दै आगामि बर्षबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताका लागी रु. १५ लाख छुट्टाउने बताएका छन् ।

नेपालकै दुर्लभ बन्यजन्तु एकसिंगे गैंडा तथा बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने उद्देश्यका साथमा फुटबल प्रतियोगीता आयोजना गरेर राम्रो काम गरेको भन्दै मन्त्री भण्डारीले बदाई तथा शुभकामना दिएका थिए ।

साथै मन्त्री पौडेलले चितवन राष्ट्रिय निकुञ्ज आसपासका जनताहरु बन्यजन्तुको आक्रमणमा बढी पर्ने गरेको र आक्रमणबाट मृत्यु हुँदा पनि अहिलेसम्म सरकारको तर्फबाट कुनै सहयोग नमिलेको भन्दै अबदेखी कुनै पनि बन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु. ५० हजार दिइनु पर्नेमा जोड दिने बताएका छन् । 

कार्यक्रममा नवलपरासीका जिल्लाका सांसदहरु तथा बिभिन्न बिशिष्ठ ब्यक्तिहरुको आगमन रहेको थियो । कार्यक्रमको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी र पिप्ले युथ क्लब मकवानपुर विच फुटबल प्रतियोगीता भईरहेको छ । 


मोफसलकै  धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा विजयीहुनेले प्रथम हुनेले रु ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन् । साथै द्धितिय  हुनेले रु १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त गर्ने मुल आयोजक नन्द भाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए । । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो