2026-08-29 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङ जिल्लाका अधिकांश ग्रामिण सडक जोखिमपूर्ण (फोटो फिचर)

अनिल अधिकारी | कात्तिक १, काठमाडौँ | धादिङ जिल्लाका अधिकांश ग्रामिण सडक जोखिमपूर्ण बनेका छन् । सदरमुकामबाट टाढा-टाढाको ग्रामिण सडकको स्थिति त परै छाडौं सदरमुकाम देखि आधा किलोमिटरसम्म पनि सडक मर्मत गरिएको छैन । 

देशकै उदाहरणीय मलेखुदेखि धादिङबेसी जोड्ने कालुपाण्डे मार्ग बाहेक सदरमुकामबाट कुनैपनि गाविस जोड्ने पक्कि बाटो बन्न नसक्दा धादिङ जिल्लाबासिलाई यातायातको असुविधा छ । राजधानीसँग जोडिएको जिल्ला भएर पनि धादिङका अधिकांस ग्रामीण सडकहरुको हालत बेहाल अवस्थामा छ । बर्षेनी ग्रामिण सडकहरुका लागि बजेट पुग्छन तर त्यसको प्रतिफल बालुवामा पानी हालेजस्तै भएको छ । बर्षासंगै समस्या ग्रस्त बन्ने सदरमुकामसँग जोडिएका धादिङ बेसी-आरुघाट/खहरे/ज्यम्रुंग लगायत अन्य गाविस, धादिङ बेसी-खरी/मैदी/चैनपुर, धादिङ बेसी-सांकोष/धुवाकोट लगायत अधिकांस राज मार्गसँग जोडिएका सडकहरुले हरेक बर्ष बजेट मात्र पचाउने गर्छन । पानीका कारण समस्याग्रस्त हुने धादिङका अधिकांश सडकहरुको निर्माणका लागि जाने  बजेटमा चरम लापरबाही छ तर जिम्मेवार निकायले न त्यसको लेखा-जोखा गरेको छ नत त्यसको दिर्घकालिन समाधानको कुनै उपायनै सोचेको छ । सदरमुकामबाट अधिकांस गाविस जोड्ने धादिङ बेसी-आरुघाट तथा धादिङ बेसी-सुनखानी र धादिङ बेसी-सांकोशको बाटो पिच हुनुपर्नेमा त्यसको ढिलासुस्ती गरिएको छ । 

पछिल्लो समय धादिङ सदरमुकामदेखि मुरलीभन्ज्यांग हुँदै पक्कि बाटो बन्ने बजेट पुगेको भनिएपनि कहिलेदेखि त्यसको काम सुरु हुन्छ, त्यसको कुनै ग्यारेन्टी छैन उता मुरलीभन्ज्यांगबाट दुई किलोमिटर पर पर्ने पाल्पा देखि चैनपुर गाविसको सुनखानीसम्मको सडकमा बर्षेनी जाने बजेटको चरम लापरबाहीको अनुगमन हुन सकेको छैन । हरेक बर्ष निकै समस्या ग्रस्त हुने उक्त सडकका कारण धादिङका चैनपुर, खरी, मैदी र ढोला गाविस जाने सवारी साधन तथा सर्वसाधारणहरुलाई पैदल हिड्न समेत समस्या हुने गरेको छ । यी सडकमा चार पांग्रे सवारीले मात्र नभई २ पांग्रे मोटर साइकलले समेत आवत-जावतमा समस्या भोग्नुपरेको छ । 

यता सडक बिग्रेको नाममा धादिङबेसीदेखि खरी/ढोला/चैनपुर तथा मैदीमा चल्ने ट्रकहरुले यात्रुहरुसंग मनपरी भाडा असुलिरहेका छन् । दैनिक चल्ने रुटका बसहरु चलाउन समस्या भएपछी ट्रकहरुमै असुरक्षित रुपमा यात्रूहरु ओसार-पसार हुन थालेका छन् । धादिङ सदरमुकामदेखि खरी गाविससम्म यस अघि बसमा यात्रा गर्दा जम्मा एक सय भाडा तिरे पुग्नेमा अहिले दोब्बरदेखि तेब्बरसम्म भाडा उठाउने स्थानीयले गुनाशो गरेका छन् । यता दशैंको बेला सदरमुकामबाटै ५ कोलोमिटरसम्मको भाडा ५० देखि २०० रुपयाँसम्म लिईदा पनि जिम्मेवारवार निकाय मौन बसेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त अझ के भने धादिङ सदरमुकामदेखि सल्यानटार रुट भएर आवतजावत गर्ने धादिङ तथा गोरखाका ४० भन्दा बढी गाविसका जनताहरुलाई अहिलेसम्म उक्त बाटो पक्कि नबन्दा समस्या झेल्नुपरेको अवस्था छ । सामान्य अवस्थामा १ घण्टा पनि नलाग्ने स्थानहरुमा पुग्न ३/४ घण्टा लाग्ने गरेको छ । 

धादिङ जिल्लाका लागि केन्द्रित गरि करिब २० किलोमिटर भन्दा बढी पक्कि बाटो बन्न सकेको छैन । जिल्लामा करिव २६ सय किलोमिटर सडक निर्माण भईसकेको भनिएपनि त्यसको अवस्था कस्तो छ भन्ने बारे जिल्लाका जिम्मेवार निकायलाई नै पत्तो छैन । जिम्मेवार निकायले धादिङको हरेक गाविसलाई ध्यान दिन नसके पनि बिशेष ३/४ गाविस जोड्ने संयुक्त सडक बाटोलाई ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो