2026-09-19 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल खेल उद्घाटन गर्न गएका मन्त्रीलाई जोगाउनै गाह्रो (फोटो फिचर)

गोपिकृष्ण चापागाई | कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ स्थित कोल्हुवामा सोमबारबाट राईनो संरक्षण गोल्डकप शुरु भयो । उद्घाटन समारोहका प्रमुख आकर्षक नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारी  प्रमुथ अतिथि रुपमा थिए । 

बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने मुल उद्देश्यका साथमा गरीएको फुटबल प्रतियोगीता भएकोले पनि कार्यक्रममा बनमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । कार्यक्रम शुरु हुनु भन्दा लामो समय अघिनै महिला समुहका सयौं महिलाहरु दिउँसोको घाममा छाता ओडेरै भएपनि मन्त्रीको स्वागतका लागी फुलमाला लिएर कुरीरहेका थिए । 

करिब चालिस मिनेट भन्दा माथिको कुराईपछि बन मन्त्री भण्डारीको आगमन भयो र सयौं महिला तथा पुरुषहरुले हातमा भएको फुलमाला मन्त्री भण्डारीको घाँटीमा लगाइदिन थाले । करिब दर्जन महिलाहरुको हातको माला मन्त्रीको घाँटीमा पुग्नासाथ मन्त्री ज्यूलाई जोगाउन नै हम्मे हम्मे नै पर्यो ।

फुलका गुच्छाहरु एक एक गरेर मन्त्रीको टाउकोमा फाल्दा आँखामा परेपछि मन्त्री हिड्न सकेनन् र अन्यले फुल नफाल्नुस भन्दै चिच्चाउन थाले अनि रोकियो फुलमाला लगाईदिने कार्य । त्यसपछि मन्त्रीको आँखामा परेको फुलमाला बल्ल बल्ल निकाले पछि मन्त्री कार्यक्रम तर्फ लागे । कार्यक्रममा सोफामा सहज तरिकाले बसे झैं देखिएपनि मन्त्रीले बेला बेलामा रुमालले आँखा पुछिरहेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई