२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोडकाे क्लब माथी

१४ माघ २०८०, आईतवार ०६:०४

माघ १४, मुम्बई | दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे  हिस्सा बनेकी छिन् । 

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म फाइटरले विश्वभर १०० करोडभन्दा बढी कमाइसकेको छ । पहिलो दिन करिब ३७ करोड, दोस्रो दिन करिब ५५ करोड र तेस्रो दिन करिब ४५ करोड कमाएर १०० कराेड नघाएकाे हाे ।


तर यीनै फाइटरबाट दीपिका पादुकोणले विश्वभर १५० करोडभन्दा बढी कमाउने १५ फिल्म दिएकी छिन् । यो उपलब्धि अझ विशेष के हो भने उनले अहिलेसम्म २५ वटा हिन्दी फिल्ममा काम गरेकी छन् । दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट विश्वभर १०० करोड क्लबमा प्रवेश गरेकी थिइन् ।

सन २००७ को दिवाली ब्लकबस्टरले एक शानदार फिल्म करियरको जग बसाएकाे थियाे । त्यहाँ धेरै फिल्महरू छन् जहाँ दीपिका पादुकोणले आफ्ना फिल्महरूको बक्स अफिस बढाएका छन् र यो एक भरपर्दो अभिनेत्रीको चिन्ह हो। उनी हाल भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।

दीपिका पादुकोणको विश्वभर १०० करोड कमाउनेहरूको सूचीः 

१. ओम शान्ति ओमः १४९.९० करोड

२. लव आज कलः ११९.५० करोड

३. हाउसफुलः ११४.२५ करोड

४. ककटेलः १२५.२५ करोड

५. रेस–२ः १६१.५० करोड

६. ये जवानी है दिवानीः २९५.६५ करोड

७. चेन्नई एक्सप्रेसः ३९६ करोड

८. रामलीलाः २२१.५ करोड

९. ह्यापी न्यु इअरः ३४२.७५ करोड

१०. पिंकुः १४१.२५ करोड

११. तमाशाः १३६.६५ करोड

१२. बाजीराव मस्तानीः ३५६.२५ करोड

१३. पद्मावतः ५४६ करोड

१४. पठानः १०४० करोड

१५. फाइटरः १०० करोड (जारी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य