२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पिताम्बर’मा प्रदीपको आमा बन्दै सुरक्षा !

१४ माघ २०८०, आईतवार ०७:२७

माघ १४, काठमाडौँ | ‘ऐंचो पैंचो’ फेम्ड निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएकी छन् । यही माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, कामेश्वर चौरासिया र प्रमोद अग्रहरी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । आँचल शर्मा र अनुपविक्रम शाहीलाई पनि फिल्म अफर गरिएको छ ।


फिल्ममा प्रदीपको जोडी आँचलसँग बाँध्ने तयारी छ । सम्भवतः केही दिनमै आँचलसँग निर्माण टिमको सम्झौता हुनसक्नेछ । सुरक्षा भने प्रदीपको बाल्यकालको आमाको भूमिकामा देखिने स्रोत बताउँछ । पहिला आमाको रोलमा अर्कै एक चल्तीकी अभिनेत्रीलाई अफर गरिएको थियो । तर, उनले तत्काल आमाको भूमिकामा काम गर्न इच्छा नदेखाएपछि सुरक्षाको पोल्टामा फिल्म परेको हो ।

‘पिताम्बर’मा प्रदीप एक्सन अवतारमा देखिनेछन् । यसका लागि उनले शरीर सुगठित बनाउनुपर्नेछ । फिल्मको पहिलो चरणको छायांकनमा भने उनी जोडिने छैनन् । बैशाखपछि हुने दोस्रो चरणको छायांकनमा मात्र उनको सिन राखिएको छ । फिल्ममा प्रमोद भने नकारात्मक चरित्रमा देखिनेछन् । माघ, बैशाख र असार-साउनमा गरी फिल्मको तीन चरणमा छायांकन गरिने जनाइएको छ ।

कृषा स्वयंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । उनी फिल्मको निर्मातामा पनि छन् । प्रमोद भारद्वाजले फिल्म लेखेका हुन् । ‘लार्ज स्केल’मा बन्न लागेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । ‘स्टारकास्ट’मा मात्र झण्डै डेढ करोड खर्च हुने देखिन्छ । तराईंका विभिन्न ठाउँहरुमा लोकेशन हेरेर फर्किएकी कृषाले ‘पिताम्बर’लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य