2026-07-26 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘१२ वीं फेल’ फिल्मफेयरमा हावी, रणवीर–आलियाले जिते उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड (सुची)

माघ १५, मुम्बइ | आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो । 

यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए ।  यस वर्ष कुन विधामा कसले जिते अवार्ड ? 

यो सुचीमा पहिलो नाम बलिउड अभिनेता रणवीर कपुरको छ । ‘एनिमल’मा उत्कृष्ट अभिनयका लागि रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । जहाँ फिल्म  ‘रकी और रानी की प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

सर्वश्रेष्ठ निर्देशक

यस पटक फिल्मफेयर अवार्ड २०२४ मा ‘१२ वी फेल’ थियो। यस कल्ट फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइएको थियो ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

उनले शाहरुख खानको सुपरहिट फिल्म  ‘डंकी’ मा विक्की कौशलको भूमिकाका लागि उत्कृष्ट सह–अभिनेता पुरुषको अवार्ड पाएका छन् ।

सर्वश्रेष्ठ डेब्यू निर्देशक

तरूण धुधेजाले ‘धक धक’ बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पाएका छन् ।

उत्कृष्ट डेब्यु महिला–पुरुष

उत्कृष्ट डेब्यु फिमेलको अवार्ड ‘फररे’ अभिनेत्री अलिजेह अग्निहोत्रीले जिते भने ‘फराज’ बाट आदित्य रावलले उत्कृष्ट डेब्यु पुरुषको अवार्ड जिते ।

लाइफ टाइम अचीवमेंट

यस पटक निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । उनले हिन्दी सिनेमामा ठूलो योगदान दिएका छन् । उनले आफ्नो फिल्मबाट मानिसलाई धेरै मनोरञ्जन दिएका छन् ।

सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री 

रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट उत्कृष्ट अभिनेत्रीको क्रिटिक अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट पार्श्व गायक पुरुष

एनिमल’को सुपरहिट गीत ‘अर्जन भ्याली’का लागि भुपिन्दर बब्बलले उत्कृष्ट पार्श्व गायकको अवार्ड पाए ।

उत्कृष्ट पार्श्व गायिका महिला

शिल्पा रावले ‘बेशराम रंग’ बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारिन् ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

शबाना आजमीले सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट म्युजिक एल्बम अवार्ड – ‘एनिमल’ बाट प्रीतम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर र गुरिंदर सिगल

बेस्ट लिरिक्स अवार्डः अमिताभ भट्टाचार्य, (तेरे वास्ते फलक से मैं चाँद लौंगा)

उत्कृष्ट स्क्रिन प्लेः विधु विनोद चोपडा (१२ वी फेल)

उत्कृष्ट कथा – अमित राई (ओएमजी २) र ‘जोरम’ (देबाशिष माखिजा)

उत्कृष्ट अभिनेता समीक्षकः विक्रान्त मेसी (१२ वी फेल) 

उत्कृष्ट अभिनेत्री समीक्षकः  शेफाली शाह

सर्वोत्कृष्ट चलचित्र समीक्षकः देवाशिष माखिजा (जोरम)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ