२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मृतक गायकलाइ गाउन लगाएर रहमानले गराए भारतमा हंगामा, रजनीकान्तकाे फिल्ममा सुन्न सकिने

१९ माघ २०८०, शुक्रबार ०५:३८

माघ १९, मुम्बई |  एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ । 

अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ । ओस्कार विजेता संगीतकार एआर रहमानले आफ्नो आगामी प्रोजेक्ट फिल्म  ‘लाल सलाम’ मा दुई गायकको स्वर प्रयोग गरेको बताएका छन्, जो यस संसारमा छैनन् । उनले गायक बम्बा बक्या र शाहुल हमिदको आवाजलाई पुनर्जीवित गर्न एआई प्रयोग गरिएको बताए ।


यो खबर बाहिरिए पछि इन्टरनेटमा प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले एआर रहमानको प्रतिभाको तारिफ गरिरहेका छन् भने धेरैले यो सही नभएको विश्वास गरेका छन् ।

रजनीकान्तको आगामी फिल्म  ‘लाल सलाम’को  ‘थिमिरी येजुदा’ गीतमा दुवै दिवंगत गायकको स्वर सुनिने भएको छ । एआर रहमानले गायकको परिवारबाट अनुमति लिएको र आवाज प्रयोग गर्दा पैसा पनि तिरेको बताउँछन् ।

रहमानले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् कि हामीले गायकहरूको परिवारबाट अनुमति लिएका छौं र उनीहरूको आवाज एल्गोरिदम प्रयोग गर्न पैसा पनि तिरेका छौं। रहमान भन्छन्,  ‘प्रविधिको सही प्रयोग गरेमा खतरा हुँदैन । उनले लेखेका छन्, नोस्टाल्जियालाई सम्मान गर्नुहोस्।’

यद्यपि, केही प्रयोगकर्ताहरूले यो कदमलाई समर्थन गर्दैनन्। एक प्रयोगकर्ताले लेखेका छन् कि यसले उद्योगका ती गायकहरूलाई स्तब्ध पार्छ, जो आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका छन्। अन्य प्रयोगकर्ताहरूले रहमानको रचनात्मकताको प्रशंसा गरिरहेका छन्। फिल्म ‘लाल सलाम’लाई ऐश्वर्या रजनीकान्तले निर्देशन गर्दैछिन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा एक्सन गर्दै देखिने छन् ।

एआईको सहयोगमा दिवंगत गायकको आवाजलाई उद्योगमा पहिलो पटक ‘रिक्रिएट’ गर्न लागिएको पनि मिडिया रिपोर्टमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य