२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

२१ माघ २०८०, आईतवार ०८:०६

माघ २१, काठमाडौँ | अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति रहेको छ । यस वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो ।


श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन् । गौरव भने अभिनयमा सक्रिय छन् । उनी पुराना अभिनेता टीका पहारीका छोरा हुन् । उनले फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका उनी ‘साइँली’का निर्माता पनि हुन् ।

उनलाई गायक हेमन्त रानाको गीत ‘साइँली’ले ठूलो लोकप्रियता दिलाएको थियो । यही गीतपछि ‘साइँला’को रुपमा उनको परिचय बनेको हो । गत मंसिर अन्तिममा उनी अभिनीत फिल्म ‘दुई कदम’ प्रदर्शन भएको थियो भने अर्को फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको पखाईमा छ । पछिल्लो समय उनी सहायक चरित्रमा बढी देखिने गरेका छन् । उनको फिल्म करिअर सन्तुलित बन्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य