2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

माघ २१, काठमाडौँ | अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति रहेको छ । यस वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन् । गौरव भने अभिनयमा सक्रिय छन् । उनी पुराना अभिनेता टीका पहारीका छोरा हुन् । उनले फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका उनी ‘साइँली’का निर्माता पनि हुन् ।

उनलाई गायक हेमन्त रानाको गीत ‘साइँली’ले ठूलो लोकप्रियता दिलाएको थियो । यही गीतपछि ‘साइँला’को रुपमा उनको परिचय बनेको हो । गत मंसिर अन्तिममा उनी अभिनीत फिल्म ‘दुई कदम’ प्रदर्शन भएको थियो भने अर्को फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको पखाईमा छ । पछिल्लो समय उनी सहायक चरित्रमा बढी देखिने गरेका छन् । उनको फिल्म करिअर सन्तुलित बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई