१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

२९ माघ २०८०, सोमबार ०६:५९

माघ २९, रौतटह | गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् । सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो । 

फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वाेच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुनः दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।

विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वाेच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।

२०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वाेच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ । 

राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वाेच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’ 

उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वाेच्च अदालतलाई समेत नटरेको देखिन्छ ।

वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल