२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रेम चर्चाबारे मिस पबीको प्रष्टीकरण : बुवालाई भेट्न र फिल्म सुटिङका लागि अष्ट्रेलिया आएकी हुँ

२९ माघ २०८०, सोमबार ०९:४७

माघ २९, काठमाडौँ | टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् ।

उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् ।

यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन् । यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् ।


उनले बुवा भेट्न र एक फिल्म छायांकनको लागि आफू अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडियो बनाउन त्यहाँ बोलाएको र सोही सिलसिलामा भिडियो खिचिएको बताएकी छन् ।

उनले सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ साइन गरेकी छन् । यही फिल्मबाट फिल्ममा डेब्यु गर्ने उनको तयारी छ । सोही फिल्मको सुटिङका लागि उनी अष्ट्रेलिया र न्युजिल्याण्ड पुगेकी हुन् ।

सापकोटाको कुरा गर्दा गायिका एलिना चौहानसँग नाम जोडिएपछि उनी चर्चामा आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य