2026-07-25 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

गीत चोरीको आरोप लगाउने विश्वरामले नै उक्त गित अरुबाट चोरी गरेको एलिनाको खुलासा

फागुन २, काठमाडौँ | ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट विश्वरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।

‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु…’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ ।

एलिनाले यो विषय सार्वजनिक गरेपछि समर्थकहरुले विभिन्न कमेन्टमा टीकाटिप्पणी गरेका छन् । कतिपयले यसबारे अनावश्यक झगडा गर्न नहुने भनेका छन् भने कतिपयले पोल खुल्ने क्रम जारी रहेको टिप्पणी गरेका छन् ।

यो विषयमा  गायक  कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्द र एलिनाको आवाजमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक