१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुरही खोलामा बिलायो वैदेशिक रोजगारीमा गएर छोराछोरीको भविष्य बनाउने राहुलको सपना

४ फाल्गुन २०८०, शुक्रबार १०:१२

फागुन ४, काठमाडौँ | भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए ।

तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने र  छोराछोरीको भविष्य बनाउने राहुलको सपना कपिलवस्तुको सुरही खोलामा बिलायो ।


‘जाने बेला बाटोमै भेट भएको थियो, अब फोनमै कुरा गरौंला भन्दै बिदा मागेको थियो,’ भीमदत्त नगरपालिका–१ का वडा सदस्यसमेत रहेका राहुलका छिमेकी भोजराज पाण्डेयले भने, ‘त्यही भेट अन्तिम भयो, बिहानै दुःखद खबर सुनियो ।’ 

राहुलका ससुरा शंकर पार्कीले भने, ‘हाँसीखुसी सबैले बिदा गरेका थियौं, त्यो खुसी एक दिन पनि रहेन ।’ राहुलका ५ वर्षका छोरा र १ वर्षकी छोरी छन् । तिनै छोराछोरीको भविष्य हेर्दै उनी वैदेशिक रोजगारीमा जान लागेका थिए ।

उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा बसेर फर्केका थिए । डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए । राहुलले वैदेशिक रोजगारीकै आम्दानीबाट आधा कट्ठा जमिन किनेर घर बनाएका छन् । घरखर्च चलाउनेदेखि बालबच्चा पढाउन समस्या भएपछि उनी फेरि विदेश जान खोजेका हुन् ।  वडा सदस्य पाण्डेयका अनुसार दुर्घटनामा बाह्रकुण्डाकै खगेश्वरी खातीको पनि मृत्यु भएको छ । एउटै टोलमा दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ । कपिलवस्तु दुर्घटनामा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका मात्रै ५ जना छन् । ‘निकै दुःखद घटना भयो, अधिकांश युवाले ज्यान गुमाएका छन्,’ भीमदत्त नगर प्रमुख पदम बोगटीले भने । दुर्घटनामा पुनर्वास नगरपालिका–९ बिचफाँटाका एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । किसन भट्ट र विमलादेवी भट्ट दुवै श्रीमान्–श्रीमती हुन् । पुनर्वास नगर प्रमुख तोयप्रसाद शर्माका अनुसार उनीहरू दुवै काठमाडौंमा बस्ने छोराबुहारी भेट्न जाँदै थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ