2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

फागुन ६, मुम्वइ | दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरासमेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।

८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो ।

आमिरले यो पनि भनेका थिए,  ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ। मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो।’

सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।

सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई