१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल ‘रोडामाइन–बी’

६ फाल्गुन २०८०, आईतवार ०७:४५

फागुन ६, काठमाडौं | साना बालबालिकाहरु माझ लोकप्रिय कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ ।


स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले भने । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए । सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए ।

यसअघि काठमाडौँ महानगरपालिकाले पनि अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको थियो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको थियो  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ