कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको १० नम्बर ईलाकालाई नगरपालिका बनाउन माग

४ कार्तिक २०७३, बिहीबार ०२:०६

कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् । 

जिल्ला प्राविधिक समितिको सिफारिस नमान्ने भन्दै आएका उनिहरुले बुर्तिबाङ नगरविकास समितिको आयोजनामा भएको सर्वदलिय वैठकमा यस्तो धारणा राखेका हुन् । 

बैठकले ईलाका नम्वर–१० मा पर्ने बुर्तिबाङ, अधिकारीचैर, बोबाङ र राजकुत गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गर्दै त्यसका लागि दवाप दिन सांसाद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन गरेको छ । तर यस अघि नै जिल्ला प्राविधिक समितिले बुर्तिबाङ सहित बोबाङ, अधिकारीचौर, तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविसलाई समेटेर ढोरपाटन गाउँपालिका बनाउने गरि स्थानिय निकाय पुनर्सँरचना आयोगमा प्रतिवेदन पठाएको छ ।

मापदण्ड पुगेपनि नगरपालिका सिफारि नभएको भन्दै यहाँका राजनैतिक दलले विगतदेखि नै विकाशमा पछि परेको निर्वाचन क्षेत्र नम्बर–३ लाई नगरपालिका नदिने षड्यन्त्र भएको आरोप लगाएका छन् । नेकमा माओवादी केन्द्रका चन्द्र अर्यालले जिल्ला प्रविधिक समितिको निर्णय नमान्ने भन्दै पछिल्लो पटक ईलाकालाई समेत आधार मानेर स्थानिय निकायको संख्या बढाउने गरि पक्रिया अघि बढेकोमा अब पनि नगरपालिका नबनाए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  

तिहार लगत्तै मुख्य राजनैतिक दलका नेतृत्व, नेपाल सरकार तथा स्थानिय निकाय पुनर्सँरचना आयोगमा दवाबका लागि डेलिकेशन जाने निर्णय भएको छ । बैठकमा विभिन्न विकल्पको बारेमा छलफल भएपनि उयुक्त विकल्प ईलाका नम्बर–१० लाई समेटेर नगरपालिका बनाउने निर्णय भएको बुर्तिबाङ नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य