२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न निर्देशन

२०७३, ४ कार्तिक बिहीबार ०७:४९

कात्तिक ४, काठमाडौँ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले उच्च शिक्षाको समग्र व्यवस्थापन र सुधारका लागि एक उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउन्जेलसम्मका लागि विदेशी शिक्षण संस्थाका सम्बन्धन रोक्न निर्देशन दिएको हो । यो निर्णयले यसअघि सम्बन्धन पाइसकेका संस्थालाई भने कुनै बाधा गर्ने छैन ।

जथाभावी रुपमा सम्बन्धन दिइएको तथा महँगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले सो समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताए ।

नवगठित ११ सदस्यीय शिक्षा उपसमितिमा डा गणेशमान गुरुङ, डा बाबुराम पोखरेल, उमेश श्रेष्ठ, श्रीमाया थकाली, निशा साह, शारदा पौडेल, तेजूलाल चौधरी, रामहरि सुवेदी, लक्ष्मण राजवंशी, आनन्दीदेवी पन्त र बद्री पाण्डे रहेका छन् । उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेछ । समितिले स्वास्थ्य क्षेत्रका लागि बुधबार अलग्गै उपसमिति गठन गरेको थियो ।

समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री धनीराम पौडेलले नयाँ संविधान बमोजिम उच्च शिक्षा ऐन संसद्मा पेस गर्ने तयारी भएको, समग्र शिक्षाको नीति तर्जुमाका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुगेको, शिक्षा नियमावली संशोधनबारे सरोकारवालाको सुझाव मागिएको बताए । उनले आफूले समग्र शिक्षा क्षेत्रको सुधारका लागि १९ बुँदे कार्ययोजना सार्वजनिक गरी काम अघि बढाएको पनि जानकारी दिए ।

सांसदहरुले उच्च शिक्षा ऐनको ढिलाइ, विश्वविद्यालयबीचको विवाद, उच्च शिक्षाको गुणस्तरबारे अनुगमन नभएको विषयमा ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयका उच्च शिक्षा तथा प्राविधिक शिक्षा महाशाखाका प्रमुख डा तुलसीप्रसाद थपलियाले विद्यालय तहदेखि उच्चशिक्षासम्म प्राविधिक धारलाई जोड्ने र प्राज्ञिक अनुगमन तथा समन्वयको भूमिका बढाउने प्रणाली विकसित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी