२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाह गर्दै बलिउड अभिनेत्री तापसी पन्नु

१६ फाल्गुन २०८०, बुधबार ११:०२

फागुन १६, काठमाडौं | बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गर्न लागेको खबर बाहिरिएको छ । उनले लामो समयदेखिका प्रेमी म्याथियास बोसँग विवाह गर्न लागेकी हुन् । यी दुई १० वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

तापसीले विवाहका लागि राजस्थानको उदयपुर रोजेकी छिन् । विवाहमा यी दुईजनाको परिवार मात्रै सहभागी हुने जनाइएको छ । विवरणअनुसार बलिउड सेलिब्रेटीलाई विवाहमा निम्तो दिइएको छैन । यी दुईजनाले शिख र इसाई परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

यसअघि प्रियंका चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणीजस्ता अभिनेत्रीले पनि उदयपुरमा विवाह गरेका थिए । ३६ वर्षीया अभिनेत्री पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई मिति गरिरहेका छन् ।


तर यो जोडीले लाइमलाइटबाट टाढै रहेर सम्बन्धलाई सधैं गोप्य राखे । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँग फोटो र भिडियो पोस्ट गर्छिन् । यो जोडीले विवाहबारे आधिकारिक घोषणा गरिसकेको छैन । पन्नुले माथियासलाई पहिलोपटक बलिउड फिल्म ‘चस्मे बद्दूर’को सेटमा भेटेकी थिइन् ।

४३ वर्षीय म्याथियास बो डेनिस ब्याडमिन्टन खेलाडी हुन् । उनी दुई पटक युरोपियन च्याम्पियन र ओलम्पिक पदक विजेता भइसकेका छन् । उनले सन् २०२० मा ब्याडमिन्टनबाट सन्यास लिएका थिए ।

तापसी पन्नुले हिन्दी उद्योगका साथै तेलुगू र तमिल उद्योगमा काम गरिसकेकी छन् । सन् २०१० मा तेलुगू फिल्म ‘झुम्मांडी नादम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनका करिअर मोडलिङबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य