२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘अगस्त्य’को अग्रीम टिकट बुकिङ खुला, देशभर २५९ शोहरु उपलब्ध

१६ फाल्गुन २०८०, बुधबार १२:०६

फागुन १६, काठमाडौं | यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।

यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपलब्ध गराएका छन् ।


फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ ।

यसै गरी, अर्का कलाकार नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।

फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली