२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चौतर्फी विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई दियो प्रमाणपत्र

२०८०, २० फाल्गुन आईतवार १२:०९

फागुन २०, काठमाडौं | फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्ड घुँडा टेक्न बाध्य भएको छ ।


आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै प्रमाणपत्र पाएको जानकारी दिए । फिल्मले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । प्रमाणपत्र पाएसँगै अब ‘रङ्गेली’लाई प्रदर्शनको बाटो खुलेको छ ।

बोर्डले फिल्मको नामका कारण प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् बोर्डको विरोध गरेका थिए । अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘सेन्सलेस’ भन्दै कटाक्ष गरेका थिए भने निर्देशक दीपेन्द्र के. खनालले बोर्डलाई ‘श्रद्धाञ्जली’ समेत दिएका थिए । फिल्मकर्मीहरुको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रुपमै प्रमाणपत्र दिएको हो ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ हुन् । फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति