Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

१० बर्षीया छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष जेल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ४, वालिङ ।</b> आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ ।<br></p><p>पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।</p><p>अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए । रासस</p>